Badikedar Khabar

खोटाङको बाहुनीडाँडामा कालाजारका थप दुई जना बिरामी भेटिए

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका थप दुई जना बिरामी भेटिएका छन् । नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले केसबेस सर्भिलेन्स कार्यक्रम अन्तरगत रगत परीक्षण गर्दा दुई जनालाई कालाजार पुष्टि भएको हो ।

स्थलगत रुपमा सय जनाको रक्त नमुना सङ्कलन गरेर आरडीटी विधिबाट परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो।

jnhit

यसअघि गएको चैत दोश्रो हप्ता ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पुष्टि भएको थियो । यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार सङ्क्रमितको सङ्ख्या ६ पुगेको छ ।

कालाजारबाट सङ्क्रमितलाई जनही दुई हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने प्रबन्ध मिलाइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउनुभयो ।

बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट सङ्क्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस बेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. वैभव मल्लिकले बताउनुभयो ।

बाहुनीडाँडाको विभिन्न बस्तीमा २०७७ साउनयता कालाजार देखा परेको हो । कालाजार भुसुनाको टोकाइबाट लाग्ने गर्छ ।

sugag
याे पनि हेर्नुस्
Loading...