Badikedar Khabar

मेलम्ची खोलाको पानी आजदेखि वाग्मती नदीमा बगाइने

काठमाण्डाै – मेलम्ची खोलाको पानी आजदेखि वाग्मती नदीमा बगाइने भएको छ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि गएको चैत २९ गते सुरुङमा पठाइएको पानी आजदेखि वाग्मती नदीमा बगाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी वाग्मतीमा पठाइने भन्दै वाग्मती किनारमा बस्नेहरूलाई सावधान रहन अनुरोध गरेको छ ।

समितिले निकालेको सूचनामा सुन्दरीजलदेखि तल वाग्मती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन भनिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाण्डौ उपत्यकामा वितरण सुरु हुने जानकारी दिनुभएको छ ।

याे पनि हेर्नुस्
Loading...