Badikedar Khabar

आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि

धनगढी :  मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो ।कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमीफाईनल पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले ४०÷४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द वोहोराको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमका विशिष्ठ अतिथि सुप प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए । कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कमल पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

याे पनि हेर्नुस्
Loading...