नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा समस्या भएको ठाउँमा मात्रै ‘मित्रवत् प्रतिस्पर्धा हुने बताए । सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानगरपालिकाको भागबन्डा टुंग्याएर बिहिवा। सुदूरपश्चिम पुगेका प्रचण्डले चुनावी तालमेलबारे बताए । धनगढी विमानस्थलमा सञ्सचारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्राथमिकता तालमेलमा नै हो। कहीँ कतै समस्या पर्यो भने त्यस्तो ठाउँमा मित्रतापूर्ण ढंगले प्रतिस्पर्धा गर्न सकिने बताए । गठबन्धनको जोड तालमेलमै रहेको बताए। ‘गठबन्धनभित्र तालमेलमा अधिकतम जोड गर्ने निर्णय हामीले गरेका छौं’, उनले भने, निर्वाचन सर्नसक्ने चर्चाकाबीच प्रचण्डले तोकिएकै समयमा निर्वाचन हुने बताए। ‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेमा कुनै कन्फ्युजन नहुन उनले बताए । प्रचण्डले सत्तारुढ गठबन्धनले हिजो बुधबार मात्रै महानगर र उपमहानगरपालिकाको टुंगो लगाएको बताए ।