वैशाख,८ बडिकेदार । स्थानीय तहको निर्वाचनको लागि बडिकेदार गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । वैशाख ३० हुने निर्वाचनका लागि कार्यालय स्थापना गरिएको हो । निर्वाचन अधिकृत वसन्त बाेहरा कार्यालय उद्घाटन गरेको हुन । बडिकेदार गाउँपालिकाकाे कार्यालय मा उक्त कार्यालय स्थापना गरिएको हो । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने निर्वाचन अधिकृत बाेहराले बताए ।
निर्वाचन अधिकृतका कार्यालयका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता, १२ गते मनोनयन पत्रको सुची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने,१४/१५ मनोनयन पत्र जाँच तथा निर्णय गर्ने, १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गत उम्मेदवारले नाम फिर्ता लिने १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र ३० गते मतदान गर्ने कार्य तालिका रहेको बताइएको छ । यस बडिकेदार गाउँपालिकामा जम्मा ९ हजार ३ सय ५५ जना मतदाता रहेका छन् ।