गणेश मौनी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित भैरव प्रसाद गणले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भैरब प्रसाद गण र दिपायल सिलगढी नगरपालिका दुई समुहबीच मैत्रीपूर्ण खेल भई बिहीबार सम्पन्न भएको छ ।
नागरिक र सैनिक बिचको सम्बन्ध थप प्रगाढहोस भन्ने हेतुले आयोजना गरेको मैत्रीपूर्ण फुटवल खेलमा भैरव प्रसाद गणले ४-१ गोलको अन्तरले विजयी भएको भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत कार्किले जानकारी दिए ।
खेलकुद प्रतियोगिताहरुले नेपाली सेना र आम नागरिकको नजिकको सम्बन्ध स्थापीतहुन सहयोग पुग्नुका साथै खेलकुद प्रवर्द्धन र नयाँ खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने समेत प्रमुख सेनानी कार्किले बताए ।
सिलगडी स्थित टुडीखेलमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा दर्शकको रुपमा डोटीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष, नागरिक समाज, स्थानीय, पत्रकार लगाएको सहभागिता रहेको थियो ।