जोरायल गाउँपालिका कार्यालयले आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका जनप्रतिनिधिहरुको बिदाई गरेको छ । गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षता तथा शिक्षा अधिकृत तेजबहादुर खत्रीको सँचालनमा सम्पन्न उक्त कार्यक्रममा गाउँसभाका सबै पदाधिकारी सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँ पालिका कार्यालयको तर्फबाट जनप्रतिनिधिहरुलाई अबिर खादा लगाएर बिदाई गरिएको थियो ।
उक्त कार्यक्रममा सबै कार्यपालिका तथा गाउँसभाका सदस्यहरुले ५ बर्षे कार्यकालको समिक्षा गरेका थिए । सबैले पालैपालो वोलेर ५ बर्षे कार्यकाल उपलब्धिमूलक र सफल रहेको निष्कर्ष निकालेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनु भयो । कार्यक्रममा ५ बर्षे कार्यकालमा जोरायल गाउँपालिकामा भएगरेका कृयाकलाप र उपलब्धिहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले ५ बर्षे कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै जोरायलको बिकास समृद्धिमा सबै एकमत हुनु पर्ने कुरामा जोड दिनु भयो । अध्यक्ष ओझाले आफुहरुले चुनावी घोषणा पत्रमा ब्यक्त गरेको अधिकाँश बिषयहरु सम्पन्न भईसकेको दावी गर्दै वाँकी कामहरु आगामी दिनमा पूरा गरिने बताउनु भयो ।
यसैगरि उपाध्यक्ष जमूना बोहराले योजनाबद्ध बिकासले मात्र बिकास र समृद्धि सम्भव हुने भएकाले जोरायलको बिकास र समृद्धिको लागि योजनाबद्ध रुपमा काम गर्न आबश्यक रहेको धारणा ब्यक्त गर्नु भयो ।
आजै जोरायल गाउँपालिकाका १० जना जनप्रतिनिधिहरुले आफ्नो पदबाट राजीनामा दिएका छन । आसन्न निर्बाचनमा पुन उम्मेदवार बन्ने भन्दै राजीनामा दिएको बताईएको छ । राजीनामा दिने जनप्रतिनिधिहरुमा क्रमस गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमूना बोहरा, वडा नंं ४ का वडाध्यक्ष नन्दराज भट्ट, वडा नं. ६ का वडाध्यक्ष लालबहादुर साँउद, वडा नंं २ का वडा सदस्य शँकर रावल र खगिता बिक, वडा नंं ३ का वडा सदस्य चक्रबहादुर साउँद र लक्ष्मी बिक, कार्यपालिका सदस्य पम्फा थापा रहेका छन ।
याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments