काठमाण्डाै – पालिका चुनाव नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।
दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका छन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् ।
दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान बेलुकाको समयमा घरदैलोमा जाने गरेका छन् । उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको सुविधा, शिक्षा र स्वास्थ्य प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउन लगाएतका विषयहरु लिएर मतदाता आकर्षित गर्न थालेका छन् ।
यस्तै, चुनावी कार्यक्रममले व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुरेन्टमा व्यापार बढ्न थालेका छन् । गाउँ टोलमा रहेका होटल रेष्टुरेन्टदेखि सहरका होटल रेष्टुरेन्टमा व्यापार बढ्न थालेको छ ।
बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्यरुपमा अन्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन् । चितवनका पोल्ट्री व्यवसायी शङ्कर कँडेलले अन्डा र मासुको माग बढेको बताउनुभयो ।
साभार