Badikedar Khabar

सुदूरपश्चिमका मन्त्री बोहराविरुद्ध उजुरी

धनगढी, १९ वैशाख । आचारसंहिताको उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहराविरुद निर्वाचना आयोगमा उजुरी परेको छ। मन्त्री बोहराले नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएको भन्दै उजुरी परेको हो।

स्थानीय तह निर्वाचन २०७९ प्रायोजनका लागि जारी भएको आचारसंहिताको परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने प्रावधान अन्र्तगत नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचरणमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ। सोही बुँदाको अवज्ञा गरेको भन्दै सर्वसाधारणले दिएको तस्बिर र भिडिओसहितको प्रमाणका आधारमा मन्त्रीविरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ।

jnhit

उजुरी दर्ताका सम्बन्धमा आवश्यक निर्णय गरि सम्बन्धित निकायमा सूचना पठाइसकेको र छानविनको प्रकृयामा रहेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले जानकारी दिएका छन्। उनी अमरगढी नगरपालिकाका विभिन्न वडाहरुमा गरिएका चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएका थिए।

साभार

sugag
याे पनि हेर्नुस्
Loading...