Badikedar Khabar

डोटीमा जीप दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

डोटी – डोटीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आइरहेको शिलेश्वरी यातायातको से १ ज ७८५ नम्बरको जीप दुर्घटना भएको हो ।

दिपायल सिलगढी नगरपालिका- १ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीप दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् भने जीपमा सवार आदर्श गाउँपालिका – २ भाडीकोटका २४ वर्षीय डिल बहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले जानकारी दिए ।

जीप सडकबाट करिब तीनसय मीटर तल खसेको छ । जीपमा पूर्ण रूपले क्षति पुगेको छ । चालक दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे पनि हेर्नुस्
Loading...