Badikedar Khabar

डोटीमा मङ्गलवार बिहान देखी मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने

डोटी ,२५ वैशाख / डोटीमा २७ गते मङ्गलवार राति देखि जिल्लाभर मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने भएको छ ।

आईतवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय डोटीले निर्वाचनको मौन अवधि देखि मत परिणाम घोषणा नहुन्जेल सम्मका लागी जिल्लाभर मादक पदार्थको सेवन र बिक्री वितरण निषेध गरिने जनाएको छ ।

jnhit

आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचार संहितामा उल्लेख भए बमोजिम २७ गते बिहान बाट मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६(थ) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को खण्ड (क) बमोजिम पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ  ।

प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरेको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिनेसमेत जनाएको छ । साभार

roshan

 

sugag
याे पनि हेर्नुस्
Loading...