धनगढी,४ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । शनिबारदेखि मतगणना सुरू भएकोमा बुधबार साझ४बजे सम्म २६ हजार ४१९ मतगणना भएको छ। ५ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १२ हजार ३०४ मत पाएका छन्।
यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८९२ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत पाएका छन। हमाल र वडबीच ६ हजार ४१२ मतको अन्तर छ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मतका साथ लिड गरिरहेकी छिन्।एमालेकी कन्दकला रानाले ४ हजार ७ सय र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, १८ र १९ को मतगणना सम्पन्न भएको छ। अहिले ४, ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ।