Badikedar Khabar

भरतपुरमा रेनु दाहाल ३ हजार १ मतले अगाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले १४ हजार ७६६ मत ल्याउनु भएको छ ।

एमालेका विजयी सुवेदीले ११ हजार ७६५ मत पाउनु भएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत ल्याउनु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९,५०१ मत पाउनु भएको छ ।

 

 

याे पनि हेर्नुस्
Loading...