Badikedar Khabar

कञ्चनपुरको बेदकोटमा कांग्रेस विजयी, एमालेले विरासत गुमायो

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। नेकपा एमालेले आफ्नो गढ मान्दै आएको कञ्चनपुरको बेदकोटमा काँग्रेस विजयी भएपछि एमालेले विरासत गुमाएको छ।
यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले बेदकोट नगरमा वर्चश्व जमाएको छ।०७४ सालमा एउटा वडामा सिमित भएको कांग्रेसले यसपटक मेयर उपमेयर सहित ५ वडामा बाजी गरेको छ।

०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर उपमेयर सहित ८ वडामा जितेको एमाले यसपटक २ वडामा खुम्चिन पुगेको छ।यस्तै गत निर्वाचनमा एक वडा मात्रै जितेको नेकपा माओवादी केन्द्रले यसपटक २ वडामा जित निकालेको छ। नेकपा एकीकृत समाजवादी पार्टीले पनि बेदकोटको १ वडामा जित हासिल गरेको छ।नेपाली कांग्रेसका भोजराज बोहरा र तुलशी जोशी दोस्रो प्रयासमा मेयर र उपमेयर बन्न सफल भएका छन्।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन र नेकपा एमालेलाई उछिन्दै कांग्रेसका भोजराज बोहरा मेयर र तुलशी जोशी उपमेयरमा निर्वाचित भएका हुन्। यसअघि ०७४ सालको निर्वाचनमा बोहरा र जोशी एमालेका अशोक चन्द र सुशिला सिंहसँग पराजित भएका थिए।मेयरमा निर्वाचित बोहराले ८ हजार ७८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेकी सुसिला सिंह ४ हजार ७४० मत प्राप्त गरिन्।माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बलमे १ हजार ७५१ मत ल्याए।उपमेयरमा नेपाली कांग्रेसकी तुलशी जोशी ७ हजार २५४ मत सहित विजयी भइन्। उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादीकी हिरा जैसीले ३ हजार ६५२ मत प्राप्त गरिन्।

याे पनि हेर्नुस्
Loading...