Badikedar Khabar

कैलारी गाउँपालिकामा कांग्रेसका राजसमझ र उपाध्यक्षमा भगवती विजयी

कैलाली। कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाही परेका कांग्रेसका उमेदवार विजयी भएका छन् । गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कारबाहीमा परेका कांग्रेसका राजसमझ चौधरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।

उनले गठबन्धनका आधिकारिक उमेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गरेका हुन् । राजसमझले १० हजार ४९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भगवतीकुमारी चौधरी विजयी भएकी छन् ।उनले १० हजार ४८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन् ।

सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरिन् । उमेदवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझको उमेदवारी कायम रहेको थियो । उनी रुख चिह्नबाटै चुनाव लडेका थिए ।कैलारी गाउँपालिका १ देखि ९ वडासम्म कांग्रेसका प्यानल नै जितेको छ । उम्मेवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी कायम रहेको थियो।

उम्मेदवारी फिर्ता लिने समय सीमा सकिएपछि गठबन्धन दलले माओवादीका उम्मेदवार लाजुराम चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको थियो । तर, गठबन्धनको उक्त सहमति र निर्णयलाई उल्लंघन गर्दै कांग्रेसका रामसमज चौधरी प्रचारमा हिँडेका थिए । उनलाई स्थानीय कांग्रेसले प्रचारमा साथ दिएका थिए ।कांगेसका जिल्लास्तर तथा केन्द्रस्तरका नेताहरू भने गठबन्धनको आधिकारिक उम्मेदवार नभएकोले खुलेर साथ दिएका थिएनन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरीलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको थियो ।माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कैलारीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसले कैलारी गाउँपालिकामा बेइमानी गरेको बताएका थिए ।

याे पनि हेर्नुस्
Loading...