Badikedar Khabar

टीकापुर नगरपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका थारु विजयी,उपप्रमुखमा शाह

टीकापुर। कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर उनी प्रमुखमा विजयी भएका हुन । मेयरमा निर्वाचित थारु आबद्ध पार्टीलार्ई रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले नेतृत्व गरिरहेकी छन ।

केही महिना अगाडिमात्रै यो पार्टी दर्ता भएको थियो। उपमेयरमा भने नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मालाई पराजित गरेर नेकपा (माओवादी केन्द्र) का खडकबहादुर शाह विजयी भएका छन् । वडा अध्यक्षमा माओवादी केन्द्रले चार, नेपाली काङ्ग्रेस र नागरिक उन्मुक्ति पार्टीले तीन/तीन वटा जितेका छन् । एक वटा वडा नेकपा एमालेले जितेको छ ।

याे पनि हेर्नुस्
Loading...