बझाङका १० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। जिल्लाका १२ पालिकामध्ये १० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। जसअनुसार नेपाली काँग्रेस सबैभन्दा अगाडि रहेको छ। काँग्रेसले १० मध्ये ५ पालिकाको अध्यक्ष उपाध्यक्षमा जित हाँसिल गरेको हो।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा प्रमुख जितेको छ। जिल्लामा अहिलेसम्म एकीकृत समाजवादीले भने खाता खोल्न सकेको छैन। बाँकी २ पालिकाको मतगणना भइरहेको छ।
नेपाली काँग्रेस विजयी भएका पालिकाहरूः
१ बझाङको जयपृथ्वी नगरपालिका– चेतराज बजाल
२ बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
३ बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
४०बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
५ बझाङको बित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
नेकपा एमाले विजयी भएका पालिकाहरूः
१ बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२ बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३ बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरुस्
१ दुर्गाथली गाउँपालिका – दिलबहादुर थापा
२ छबिसपाथिभेरा गाउँपालिका – बसन्त चलाउने