कैलालीको जोसीपुर गाउँपालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ । नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी चार हजार ९०३ मत निर्वाचित भए । नेपाली कांग्रेसका बन्सराम बडायक तीन हजार ३६८ मत ल्याएर पराजित भए ।
गाउँपालिकाको उपाध्यक्षमा पनि नागरिक उन्मुक्ती पार्टीकै रेखादेवी कठारिया विजयी भइन् । कठारियाले चार हजार ५८९ मत ल्याउँदा माओवादी केन्द्रकी दीर्घराज बिनाडी तीन हजार ९६१ मतमा सीमित भए ।
थारु बाहुल्य जनसंख्या भएको जोसीपुर कांग्रेसको पकडक्षेत्र मानिन्थ्यो । ०७४मा धेरै ठाउँ हार्दा पनि कैलालीमा कांग्रेसले जोसीपुर र धनगढी जितेको थियो । धनगढीको मतगणनामा पनि कांग्रेस अहिले धेरै पछाडि छ ।