राष्ट्रिय उद्यम विकास सहजकर्ता संघ कैलालीले उद्यमशिलता प्रवद्र्धन गर्न माग गरेको छ ।राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा शनिबार संघले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानसिंह धामीलाई ज्ञापन पत्र बुझाउँदै संघले उद्यमशिलता प्रवद्र्धन गर्न माग गरेको हो ।
संघले वर्तमान परिवेशमा उद्यमशिलताको महत्व बढ्दै गएकाले उद्यमशिलताका समस्या, चुनौती र अवसरलाई विशेष ध्यानमा राखेर प्रवद्र्धनका कार्यक्रम ल्याउन माग गरेको छ । संघका कैलाली अध्यक्ष नरेश साउदले मन्त्री धामीलाई ज्ञापन पत्र बुझाउँदै सहजकर्ताको स्थायी दरवन्दी सिर्जना गर्न आग्रह गरे ।
संघले ८ बुँदे मागसहित ज्ञापनपत्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका प्रदेश प्रमुख कुश्माकर भट्टलाई समेत बुझाएको थियो । ज्ञापन पज्ञ बुझ्दै मन्त्री धामी र प्रमुख भट्टले सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।