Badikedar Khabar

डोटीको बडीकेदार गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाइ प्रमाणपत्र प्रदान सम्पन्न

डोटीको बडीकेदार गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ प्रमाणपत्र प्रदान गरिएको छ । बैशाख ३० गते सम्पन्न भयको स्थानिय तह सदस्य निर्वाचन बाट पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु लाई प्रमाणपत्र प्रदान गरिएको हो।

गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष भैरव साउँद ,उपाध्यक्ष डम्बरा बिष्ट कलेल, वडाअध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत बसन्त बोहरा द्वारा प्रमाणपत्र बितरण गरिएको हो।

गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका बाट डबल बोहरा ,वडा नम्बर २, माओवादी केन्द्र का प्रेम घर्ति, वडा नम्बर ३ मा नेपाली काङ्ग्रेसका राम बहादुर गुरुङ ,वडा नम्बर ४ मा नेकपा ऐमाले का कण जेठारा,वडा नम्बर ५ मा नेकपा ऐमालेका पदम सिँ बोहरा ,निर्वाचित भएका छन ।

 

याे पनि हेर्नुस्
Loading...