Badikedar Khabar

धनगढीमा २१ हजार मत गणना गर्न बाँकी, हमालको अग्रता कायमै

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । अहिले सम्म ४२ हजार २३० मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हमालले १९ हजार १४७ मत पाएका छन् ।

हमाललाई पछ्याइरहेका गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७पाएका छन् । यसैगरी एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन् । हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ८ हजार १४१ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन् । अब २१ हजार ४८५ मत गणना गर्न बाँकी  रहेको छ।

 

याे पनि हेर्नुस्
Loading...