Badikedar Khabar

बाजुरामा काग्रेस नेता पाण्डेयलाई काँग्रेसकै कार्यकर्ताले देखाए कालो झण्डा

बाजुरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई काँग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन् । शनिबार बाजुरामा नेपाली कांग्रेस बाजुराका शिर्ष स्थानमा रहेका नेताहरुको भित्र बैठक चलिरहेका बेला बाहिर नाराबाजी लगाउदै काँग्रेसका युवाहरुले कांग्रेस पाण्डेयलाई कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका छन् । बैठक बसिरहेका समयमा बाहिर देउवा पक्षका युवा तथा कार्यकताहरुले कालो भण्डा देखाए । केन्द्रिय सदस्य पाण्डेले क्रियाशिल सदस्यता काटेको भन्दै नाराबाजी सहित विरोध जनाएका हुन ।

शनिबार नै गृह जिल्ला बाजुरा पुगेका काँग्रेस नेता पाण्डेयलाई पार्टीमा बिरोध गर्दै क्रियाशिल सदस्य हटाएको भन्दै बिरोध गर्दै नाराबाजी गरे । नेता पाण्डेयले बाजुराको त्रिवेणी नगरपालिकाका १ देखी ९ वडा सम्मका कार्यक्रताहरुको क्रियासिल सदस्यताको नामावली काटेको त्रिवेणी नगरपालिका वडा नम्मर ४ तोलीका वडा सभापती जय बहादुर साँउदले बताए ।

वडा सभापती साँउदका अनुशार गुटबन्दी गर्दै देउवा पक्षका कार्यक्रर्ताका क्रियाशिल नविकरण र नयाँ सदस्यता काटिदिएको उनले बताएका छन् । उनले भने त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले यताबाट देउवा पक्षका क्रियाशिल सदस्यता भएका व्यक्तीहरुका नाम लिष्ट कन्द्रिय सदस्य पाण्डेलाई पठाई केन्द्रिय सदस्य पाण्डेले क्रियाशिल सदस्यता काटेदिएको वडा सभापती साँउदले बताए ।

याे पनि हेर्नुस्
Loading...