Badikedar Khabar

रानीजमराका लागि दुई अर्ब ९० करोड बजेट

jnhit

धनगढी,१५ जेठ ।कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनाद्र्धन शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे ।

sugag
याे पनि हेर्नुस्
Loading...