Badikedar Khabar

एकल महिलाहरुलाई कृषि सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बझाङ,

 एकल महिलाहरुलाई कृषि सम्बन्धि अभिमुखिकरण कार्यक्रम सदुरमकाम चैनपुरमा सम्पन्न भएको छ । शुक्रबार कृषि ज्ञान केन्द्र बझाङ्गको आयोजना तथा मानव अधिकारको लागि महिला,एकल महिला समुहको सहजिकरणमा जिल्लाका एकल महिलाहरुलाई कृषि सम्बन्धि अभिमुखिकरण गरीएको हो ।

कार्यक्रममा कृषिलाई जिविकोपार्जन र आम्दानिको सा्रेत बनाउनकालागि आवश्यक प्राविधिक तथा आर्थिक सहयोग गरीने बताइएको छ । कार्यक्रममा उपस्थित एकल महिलाहरुले आआफ्नो क्षेत्रको सम्भावना र समस्याका बारेमा छलफल गर्नुका साथै आफुहरुलाई आवश्यक सहयोगको बारेमा ज्ञान केन्द्रलाई जानकारी गराएका छन् ।

जिल्लमा रहेका २२ बर्ष देखि ४० बर्ष उमेर समुहका ५० जना एकल महिलाहरुलाइ कृषि सम्बन्धि अभिमुखिकरण गरिने जनाइएको छ । भुमि व्यवस्था तथा सहकारी मन्त्रालयद्घारा विनियोजित १५ लाख रुपियाले जिल्लाका एकल महिलाहरुलाइ तिस हजार बराबरको प्राविधिक सहयोग तथा आवश्यक विउ उपलब्ध गराइने कृषि ज्ञान केन्द्र प्रमुख टेक बहादुर बिष्टले बताए ।

प्रमुख विष्टले समय अनुशारको खेति र त्यसमा पनि नगदेवालीले कृषकलाई प्रशस्त आम्दानि हुनेगरेको बताए । साथै सबै एकल महिलाहरुलाई आफ्ना दुख विर्सेर आर्थिक आयआर्जनको काममा लाग्न समेत अनुरोध गरेको छन् ।

याे पनि हेर्नुस्
Loading...