Badikedar Khabar

जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस र एमाले काठमाण्डाैमा पराजित भए : पाैडैल

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा आफ्नाे पार्टी काठमाण्डाै महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार उठाएर जनतालाई हेपेका कारण राजनीतिक दल काठमाण्डाै महानगरको मेयर बन्न नसकेको बताउनुभएको हो ।

jnhit

आज शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले काठमाण्डाै महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले आफूले कामपाकाे मेयरका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णयकले नमान्दा राजनीतिक दल हार बेहाेर्न बाध्य भएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरूले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । दुवै पार्टीले छानेका उम्मेदवार उपयुक्त थिएनन् । तीभन्दा उपयुक्त धेरै मान्छेहरू थिए । उम्मेदवारी दिँदा नै वंशवादको आधारमा दिइयो, त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यति बेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ । उहाँले इसारा गरेपछि मुख्य सचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रूचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले आउँदा दिनमा पनि यस्तै गल्ती नेतृत्व पङ्क्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताउनुभयो । यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरूले जनताले रूचाउने उम्मेदवार उठाउनुपर्ने भन्दै उहाँले फेरि मुर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्नुनहुने बताउनुभयो ।

sugag
याे पनि हेर्नुस्
Loading...