बैतडीः जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धन हुने भएको छ। समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको हो। कांग्रेस र माओवादीको गठबन्धनमा स्वतन्त्रलाई पनि सहभागी गराइने भएको छ।
सहमतिअनुसार प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए। नौ सदस्य समितिमा कांग्रेसले प्रमुख पदसहित २ जना खुला सदस्य, २ जना महिला सदस्य र माओवादी केन्द्रले उपप्रमुख पदसहित एक जना महिला सदस्य र एकजना खुला सदस्य लिने सहमति भएको छ। यस्तै स्वतन्त्रबाट एक महिला आउने भएका छन्। कांग्रेसले प्रमुखका लागि पार्टीका जिल्ला उपसभापति समेत रहेका खगेन्द्रसिंह धामीलाई उम्मेदवार बनाएको छ। यस्तै, उपप्रमुख माओवादी केन्द्रबाट दमन कुँवर (आदर्श) लाई उम्मेदवार बनाइएको छ। बैतडीमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रको गठबन्धन हुँदा समन्वय समितिमा गठबन्धनको बहुमत देखिएको छ।

याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments