Badikedar Khabar

डोटीको दिपायल सिलगढि नगपालिका शिक्षा शाखाले मनोमानी तरिकाले शिक्षकको सरुवा गरेको भन्दै नेपाल रास्ट्रिय शिक्षक संगठनले बिज्ञप्ती मार्फत घोर आपत्ती जनाएको छ ।

असोज,      डोटीको दिपायल सिलगढि नगपालिका शिक्षा शाखाले मनोमानी तरिकाले शिक्षकको सरुवा गरेको भन्दै नेपाल रास्ट्रिय शिक्षक संगठनले बिज्ञप्ती मार्फत घोर आपत्ती जनाएको छ ।

रास्ट्रिय शिक्षक संगठन डोटीका अध्यक्ष गणेश कठायतद्वारा हस्ताक्षर विज्ञप्तिमा दिसिनपा(७ स्थित दुर्गा माबी पाकरीमा निमावि राहत दरबन्दी अङ्ग्रेजी विषयमा लामोसमय देखि कार्यरत शिक्षक बिरेन्द्र खड्कालाई पुर्बाग्राही ढंगले बिद्यालय ब्यवस्थापन समितिको सल्लाह नलिइ एकाएका सरुवा गरेको प्रती गम्भीर आपत्ति जनाइएको छ।

बिज्ञप्तिमा भनीएको छ  ,शिक्षकको सरुवा, बढुवा नियुक्ति गर्ने अधिकार शिक्षा बिकास सम्वनय इकाईलाई रहेको कुराथाहा हुँदा हुदै स्थानीय तहले विभिन्न किसिमका मनसाय राखेर शिक्षक सरुवा ,तलब रोक्का लगायतका कार्य खेदजन रहेको छ।

स्थानीय तहले यस्ता अराजक तथा शिक्षकको मनोबल गिराउने कार्य नगर्न समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

याे पनि हेर्नुस्
Loading...