Badikedar Khabar

कैलालीको धनगढीमा एक हजारका ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकामा एक हजारका ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सोही महानगरपालिका-२ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेका छन् । र सुमित्रा राना रहेकी छन् । यद्धपी जिल्ला प्रहरी कार्यालय कैलालीले सो कारोबारमा ४ जना संलग्न रहेको पाइएको जनाइएको छ । अहिले नै नाम भन्न नमिल्ने प्रहरीले जनाइएको छ ।

डिएसपी बेदप्रकाश जोशीका अनुसार ति मध्ये १ जना मुख्य ब्यक्ती फरार रहेका छन्। उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको थियो। थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

याे पनि हेर्नुस्
Loading...