बाजुरा– निर्वाचन आयोगले बुढीगंगा नगरपालिकामा चौथो पटक स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत फेरबदल गरेको छ। आयोगले बुढीगंगाको निर्वाचन अधिकृतमा चार दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा कार्यरत लक्ष्मणबहादुर कठायतलाई तोकेको हो।
कठायतभन्दा अगाडि अटाएका तीन जना निर्वाचन अधिकृत फिर्ता भइसकेको छन्। कठायत पनि बाजुरा पुगेका छैनन्। आइतबार धनगढीबाट हिँड्ने उनको भनाइ छ। जिल्ला पुगेर दलहरुबीच छलफल गरेपछि मतदान हुने मिति तोक्ने उनको दाबी छ। तेस्रो पटक आयोगले बाजुरा अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृत तोकेको थियो। व्यक्तिगत कारण देखाउँदै पाण्डे पनि तोकिएको जिम्मेवारी पूरा गर्न पन्छिएपछि आयोगले चौथो पटक कठायतलाई तोकेको हो।
याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments