दिपायल- डोटी स्थित सेती नदीमा बालकको शव फेला परेको छ । आइतबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिकको सेती नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका आनुसार अछामको कमल बजार नगरपालिका– ६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजङ्ग शाहीको शव फेला परेको हो । शव फेला परेपछि बालकका परिवारलाई खबर गरेर बोलाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस शिखर नगरपालिका – १ गेरुपानी सडक खण्डमा जेठ ७ गते बिहान दुर्घटना भएको थियो । दुर्घटनामा बालकका आमाबुवा सहित १२ जना घाइते हुनुभएको थियो भने बालक नदीमा बेपत्ता भएका थिए ।