बडीकेदार
ललीत बडैला
तिन दिने व्यसायिक बाख्रापाल र कुखुरापाल सिपमुलका तालिम बडीकेदार गाउँपालिका वडा नम्बर ३ घांगलमा सम्पन्न भएको छ ।
बडीकेदार गाउँपालिका खड्यौलीको आयोजन तथा नेपाल सरकार उद्योग वाणिज्य तथा आपुती मन्त्रालयको आर्थिक सहयोगमा सो व्यसायिक बाख्रापाल र कुखुरापाल सिपमुलक तालिमको आयोजना गरीएको थियो ।
गरिव निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्त्रगत स्थानिय स्रोत साधनको सदुपयोग गरी सिप सिकी रोजगार बनौ भन्ने मुल नारालाई आत्मासात गर्दै स्थानीय किसानलाई व्यवसायिक मुखि बनाउनका लागी यो तालिमा को आयोजना गरीएको बडीकेदार गाउँपालिका पशु शाखा प्रमुख तिलम साउदले जानकारी दिनु भयो ।
स्थानिय स्थरमा यसरी सिपमुलक तालिम पाउने हो भने सहजै तरीका बाट किसानहरु व्यवसायिक रुपमा व्यवसाय गर्न सकिने बडकिेदार गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम बहादुर गुरुङ्घले बताउनु भयो ।साथै उनले “भने किसानले व्यवस्तीत व्यवसाय बनाउनका लागी सिपमुलक तालिम चाहीन्छ त्येसकारण आगमी दिनमा वडाबाट पनी यस्ता सिपमुलक तालिम आयोजना गरी यस क्षेत्रका किसानलाई आत्मा निभर्र बनाउने बताए ”।