राज पार्की, डोटी: खानेपानी तथा बाताबरण दिवस डोटीमा पनि मनाइयो ।
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समिती सिलगढी, डोटीको आयोजनामा उक्त कार्यक्रम गरिएको हाे । रास्ट्रिय पानी तथा बातावरण दिवसका अवसरमा सिलगढि खानेपानी कार्यालय देखी डोटिको प्रशिद्द शैलेश्वरि मन्दिरको प्राङ्गण सम्म सरसफाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का (बिजय)ले मानव जीवनकालमा खानेपानी नभइ नहुने भएकोले सबैले तन मन लगाएर आफ्नो क्षेत्रमा खानेपानीलाई अझै व्यस्थित र संरक्षण गर्नुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रमको समापनमा बोल्दै सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितीका अध्यक्ष जगत बहादुर खड्काले दिवसको अबसरमा अब खानेपानीमा प्रती युनिट ५ रुपैया महसुल घटाउने निर्णय गरेको जानकारी दिनु भएको छ ।