Badikedar Khabar

कैलालीको एक वाइन इण्डष्ट्रिज आगलागी

 कैलाली,     कैलालीको एक वाइन इण्डष्ट्रिजमा आगलागी भएको छ। प्रहरीका अनुसार जिल्लाको चुरे गाउँपालिका(३ सहजपुरस्थित मारभट्टी बजारमा रहेको सोही ठाउँका पृथ्वीविक्रम शाहको मनसुन वाइन इण्डष्ट्रिज ९रक्सी उत्पादन गर्ने कम्पनी०मा आगलागी भएको हो।

jnhit

बजारमा रहेको फोहोरमैलामा लगाएको आगो सल्केर आगलागी भएको बताइएको छ। आगो निभाउने क्रममा उक्त कम्पनीमा काम गर्ने काठमाडौं महानगरपालिका(८ बालाजु घर भएका ४३ वर्षीय दीपक बस्नेत घाइते भएका र उनलाई उपचारका लागि चुरे स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागीबाट कम्पनीमा पूर्ण रुपमा क्षति पुग्न गई त्यहाँ रहेको ५९ हजार लिटर रक्सी जलेर नष्ट भएको कैलाली प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार अन्दाजी ३ करोड बराबरको क्षति भएको छ।

sugag
याे पनि हेर्नुस्
Loading...