Badikedar Khabar

कैलाली जिल्लाको समन्वय समिति प्रमुखका लागि कांग्रेस र नागरिक उन्मुक्तिबाट उम्मेदवारी दर्ता

कैलाली जेठ ३० गते हुने जिल्ला समन्वय समिति कैलालीको विभिन्न पदाधिकारीका लागि आइतवार मनोनयन दर्ता भएको छ। निर्वाचन कार्यतालिका अनुसार आज प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उम्मेदवारी दर्ता भएको छ।

गठबन्धनका साझा उम्मेदवार कलेल गौरीगंगा नगरपालिका–८ र चौधरी जानकी गाउँपालिका–६ मा निर्वाचित भएका हुन्। यस्तै जिससको उपप्रमुखका लागि पनि २ जनाको उम्मेदवारी दर्ता भएको छ। माओवादी केन्द्रबाट खगराज भुषाल र नेकपा एमालेबाट राजेन्द खनालको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै अन्य ७ जना सदस्य पदका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको कार्यालयले जानकारी दिएको छ।

जिसस कैलालीको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल भएको छ भने, एमाले र नागरिक उम्मुक्ति पार्टीबीच छुट्टै तालमेल भएको छ।

 

याे पनि हेर्नुस्
Loading...