Badikedar Khabar

कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ ।

सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताए । प्रदेश सरकारले विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको छ ।

 

याे पनि हेर्नुस्
Loading...