Badikedar Khabar

हप्ताको दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
मन्त्रिपरिषद्ले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।
उनीहरूले आइतबार पनि सार्वजनिक बिदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।
मन्त्रिपरिषद्को बैठक २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा कार्यान्वयन भइरहेको छ ।
याे पनि हेर्नुस्
Loading...