Badikedar Khabar

नवलपरासी जिल्ला अदालतभित्रै गोली चल्यो

काठमाडौं । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । यद्यपि गोली कसैलाई लागेको छैन ।

प्रहरीका अनुसार अंश मुद्दामा उनीहरूबीच सोमबार(आज) मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...