अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय, चाबहिल १ नम्बर नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीको अनुसार उनीहरुविरुद्ध १ लाख रुपैयाँ जरिवाना तथा कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा पनि दायर गरिएको छ ।
जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ लिइसकेको अवस्थामा गत चैतमा पक्रेको अख्तियारले जनाएको छ ।
