Badikedar Khabar

पुष्पराज कुँवरले गरे आफ्नो टिम घोषणा

कैलाली उधोग बाणिज्य संघको आगामी नेतृत्वका लागि बर्तमान अध्यक्ष समेत रहेका पुष्पराज कुँवरले आफ्नो टिम घोषणा गरेका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो टिम घोषणा भएको हो । अधिकासं पुरानै अनुहारलाई दोहो¥याउँदै कुँवरले आज टिम घोषणा गरेका छन् ।

तीन बर्षे कार्यकाल सम्पन्न गरिसकेका कुँवरले कोरोना कहरका कारण काम गर्न नसकेको भन्दै दोहोरिने इच्छा राखेका हुन् । उनले बर्तमान कार्यसमितिको टिमलाइनै निरन्तरता दिँदै केही नयाँ अनुहार थपेका छन् । कुँवर टिमले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

कुँवरको प्यानलबाट बर्तमान उपाध्यक्ष रहेका  पुष्कर राज ओझा बरिष्ठ उपाध्यक्षमा भिड्दै छन् । यस्तै एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, बाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण पन्त, महासचिवमा ओम बिष्ट, कोषाध्यक्षमा भिमराज ओझा र सचिवमा सुरेश पाण्डेय उम्मेदवार रहेका छन् ।

याे पनि हेर्नुस्
Loading...