Badikedar Khabar

मधुवनमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गुलरिया-राजापुर सडकखण्ड बन्द

काठमाडौं । बाघको आक्रमणबाट मानिसको ज्यान जाने क्रम बढेपछि बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को ओराली बजारमा स्थानीयहरूले प्रदर्शन गरिरहेका छन् । सोमबार दिउँसो प्रदर्शन रोक्न प्रहरीले रबरका गोली र अश्रुग्याँस प्रहार गरेको छ ।
यस क्रममा स्थानीय राकेश थारु र कमला परियार घाइते भएका छन् । स्थानीयहरूले घाइते हुनेको संख्या अझै धेरै हुनसक्ने बताएका छन् । सोमबार बिहानैदेखि ओराली बजारमा प्रदर्शन भइरहेको छ । यस क्रममा धेरैको हताहत भएको स्थानीयले बताएका छन् । यद्यपि क्षतिको यकिन विवरण आइसकेको छैन ।
१३ दिनअघि खाता जैविकमार्गको मधुवन नगरपालिका-२ मा बाख्रा चराउन गएकी ४९ वर्षीया कौशिका पाललाई बाघको आक्रमणमा मृत्यु भएको थियो । जनजागृति सामुदायिक वनमा बाघको आक्रमण भएको १३ दिनमै सोही ठाउँमा सोमबार बिहान खेत गएकी ४१ वर्षीया अस्मिता थारुलाई बाघले आक्रमण गरी गम्भीर घाइते बनायो ।
निरन्तर यस क्षेत्रमा बाघको आक्रमण बढेपछि मधुवन-२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको छ । चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड बन्द भएको छ ।
सरकारले वन्यजन्तु पीडितप्रति उदासीन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित हुँदै गाउँगाउँबाट मानिसहरू सडकमा टायर बाल्दै विरोध प्रदर्शन गरेका हुन्।
याे पनि हेर्नुस्
Loading...