काठमाडौं । एमालेका गाउँपालिका कार्यसमितिका अध्यक्ष नै कांग्रेस प्रवेश गरेका छन् । सभापति शेरबहादुर देउवाले ओखलढुंगा चम्पादेवी गाउँपालिकाका एमाले अध्यक्ष एवं सचिवालय सदस्य खेमप्रसाद मिश्रलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
एमाले ओखलढुंगा काठमाडौ सम्पर्क मञ्चका सदस्य कविता मिश्र (अधिकारी) लाई पनि देउवाले पार्टी सदस्यता दिएर प्रवेश गराएका छन् ।