
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले नवनिर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएको छ। प्रदेश कार्यसमितिले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित ९ वटै जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएको हो।
आगामी रणनीति तथा पार्टीको घोषणा पत्र अनुसार जनमुखी कार्यसम्पादन गर्न निर्देशन जारी गर्ने गरी अन्तरक्रिया गर्न लागिएको बताइएको छ। नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरका अनुसार जेठ २७ गते धनगढीमा नव निर्वाचित जनप्रतिनिधिहरूसँग प्रदेश कार्यालयमा अन्तरक्रिया गरिनेछ।
