Badikedar Khabar

निसर्ग अस्पताल धनगढीमा हुन थाल्यो मेरुदण्डको सफल शल्यक्रिया

धनगढीमा मेरुदण्डको सफल शल्यक्रिया हुन थालेको छ।

प्रदेशमै पहिलो पटक एकवर्ष पहिले धनगढीस्थित निसर्ग अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया भएको थियो। अहिले सेती प्रादेशिक अस्पतालसहित धनगढीका अन्य केही अस्पतालमा समेत शल्यक्रिया हुन थालेको छ।
धनगढीमै मेरुदण्डको सफल शल्यक्रिया हुन थालेपछि सुदूरपश्चिम प्रदेशवासीलाई सहज भएको छ। पहिले मेरुदण्डको शल्यक्रियाका लागि नेपालगञ्ज, काठमाडौँ लगायतका अन्य सहर जानुपर्ने बाध्यता थियो। जसका कारण उपचार बढी खर्चिलो र झन्झटिलो हुने गरेको थियो।
सुदूर पहाडका नागरिकलाई सेवा लिन जाँदा बढी समय लाग्दा सास्ती भोग्नु परिरहेकोमा अहिले सो समस्याबाट प्रदेशका नागरिकले सहजता पाएको निसर्ग अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर ओमकार बिष्टले बताए। उनले सर्वसुलभ दरमा प्रदेशका नागरिकलाई मेरुदण्डका साथै अन्य अर्थोपेडिक सेवा दिईरहेको बताए।
आफ्नो टिमले गर्धनदेखि कम्मर सम्मको हड्डी भाँचिएका बिरामीहरूको सफल शल्यक्रिया दिईरहेको डाक्टर बिष्टले बताए। निसर्ग अस्पतालमा एक वर्षको अवधिमा ५० बढी मेरुदण्डको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...