Badikedar Khabar

दसैँ तिहार नजिकिए सगै जिल्ला प्रहरी कार्यालय डोटीले चेकजाँचमा कडाइ

दसैँ तिहार नजिकिए सगै जिल्ला प्रहरी कार्यालय डोटीले चेकजाँचमा कडाइ गरेको छ ।
जिल्लाका विभिन्न स्थानका ग्रामिण सडकमा गईरहेका सार्वजनिक सवारी साधनहरूमा यात्रुहरूलाई ठगी गर्ने , तोकिएको भाडा दर भन्दा बढी भाडा असुल्ने, अवैध सरसामान ओसारपसार गर्ने लगायतका कार्य नियन्त्रण गर्नका लागी कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोटी ले जनाएको छ ।


साथै जिल्ला प्रहरी कार्यालय डोटीले राजमार्गको विभिन्न स्थानमा अनुगमन तथा चेकजाँच कार्य सुचारु गरेको छ ।

 

 

यात्रुहरूलाई कुनै समस्या परेमा वा कोही कसैबाट ठगिएमा जिल्ला प्रहरी कार्यालय डोटीको निःशुल्क फोन नं १०० वा ०९४–४२०२०५ मा सम्पर्क गर्नुहुन समेत सबैमा अनुरोध गरेको छ ।

याे पनि हेर्नुस्
Loading...