Badikedar Khabar

राष्ट्रियताको पक्षमा बलिदान दिनुपर्ने -:थापा

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुला ,वैतडी र बझाङ जिल्लाको संयुक्त राष्ट्रिय जागरण तथा विस्तार अभियानको उदघाटनमा सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा दार्चुला जिल्ला इन्चार्ज प्रकाश थापाले आज देशलाई दलाल सरकारले बेच्न पनि तयार भएको हुदा डटेर सामना गर्नु पर्ने र राष्ट्रघाटी एमसिसी सम्झौता र नागरिता विधयेक संसदबाट पास गरेर राष्ट्रघाट गरेको हुदाँ देश बचाउनुको लागि बलिदान दिनु पर्ने बताउनु भयो ।

 

 

अर्को सन्दर्भमा जय सिंह धामीलाई टुइन काटेर हत्या गर्दा समेत नेपाल सरकारले त्यसको विरुद्धमा बोल्न नसक्नु भनेको निर्ही र लाचारपन भएको बताउनु भयो ।

अर्का वक्ता राष्ट्रिय युवा जनस्वयम सेवक सेम संयोजक लोकेश धामीले युवा भनेको शक्ति भएको हुदा देश भैराखेको भ्रष्टचार र विकृति विसंगतिको विरुद्धमा  सामना गर्नु पर्ने र जनकार्बाही गर्ने बताउनु भयो ।

दार्चुला जिल्लाको सदरमुकाम खलंगामा भएको कार्यक्रम आगामी २ महिनासम्म संचालनभै वैतडी हुदै बझाङ जिल्लामा गएर समापन हुने जानकरी राष्ट्रिय युवा जनस्वयम सेवक केन्द्रिय सदस्य नरेन्द्र जोशीले बताएका छन्  ,भने संचालन नेकपा दार्चुला जिल्ला संयोजक विजय लेखकले गरेका थिए ।

याे पनि हेर्नुस्
Loading...