कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर अलाड सडक अवरुध भएको छ । चुरे गाउँपालिकाको वडा नम्बर १ को चोर पानीमा हिलोमा बस फस्दा तिन दिन देखि सवारी साधन आवत जावत गर्नमा समस्या भएको स्थानिय पदम धामीले बताए ।
अहिले सडक अवरुध भएपछि किसानहरुले फलाएका तरकारीहरुले पनि बजार नपाए पछि किसानहरु निकै चिन्तीत बनेका हुन ।
कैलाली जिल्लाको र्दुगम गाउँपालिका मानिने चुरे गाउँपालिकाका किसानहरुले कृर्षि खेती प्रती आकर्षण बढ्दै गएको छ ।
गुणस्तरहीन सिमेन्ट देखाउदै कामदार
जति मेहेनत गरेका थियौं यो बर्ष तेती प्रतिफल नपाएका धामीले बताए । उहाँले भन्नु भयो यो बर्ष सडक अवरुधका करण हाम्रो तरकारी गाउँमा नै कुहिँदै गएको छ , जुन यो अहिले निमार्ण भएको सडकले गर्दा हामीहरुले निकै दुख पाएका छौं । स्काईभेटेरले बाटो बनाईरहेको छ यसले बाटोनै अबरुध गरेर काम गरीरहेको छ । राम्रो बाटो नै बिगारेर गाडी तथा मानिषहरुलाई अवत जावत गर्नमा समस्या भएको स्थानिय स्थानिय पदम धामीको भनाई छ ।
चोर पनिमा गुराँस यातायात प्रा.लीको बस बाटोमा तिन दिन देखि फसेको तर बाटो निर्माण बनाईरहेको स्काईभेटरलाई गाडी निकाली दिन अनुरोध गरे पनि गाडीलाई सोही ठाउँबाट न निकालीदा बाटो अवरुध भएको स्थानियले बताए ।