महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विरोधमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ । बुधबार लैनचौरस्थित भारतीय राजदूतावास अगाडि अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको हो ।
पाललाई क्षति पुग्ने गरी भारतले दार्चुलास्थित महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध बनाउन थालेपछि ढुंगा हानाहान भएको थियो । ढुंगा लागेर दुवैतर्फका केही नागरिक घाइते भएका छन् ।
नेपालतिर क्षति पुग्ने गरी नदीको धार परिवर्तन गर्न तटबन्द बनाएर भारतले ज्यादती गरेको भन्दै अखिल (क्रान्तिकारी) ले भारतीय दूतावासअघि प्रदर्शन गरेको हो । यस विषयमा नेपालले भारत सरकारलाई मंगलबार नै कूटनीतिक नोट पठाइसकेको छ ।