‘जय नेपाल’ काे सुरुवात यसरी भयाे
‘जय नेपाल
जय नेपाल ! याे हामी धेरैले सुनेको वाक्य हो यो । व्यक्ति, पेसा र सन्दर्भमा फरक–फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ । यो वाक्य राष्ट्रिय अभिवादनको रूपमा पनि प्रयोग भइरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जय नेपाल शब्द प्रयोग गरेको छ । यस्तै राजनीतिक रूपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरूले पनि अभिवादन गर्नु परे जय नेपाल भन्ने चलन छ । अझ भनौँ– कसैले जय नेपाल भन्यो भने कि त्यो सेना वा प्रहरी हो, कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो भनेर बुझ्ने चलन छ । विदेशमा जय नेपाल भनेर सम्बोधन भएमा नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ ।
खासमा यो वाक्य कसरी प्रयोगमा आयो ? कसले प्रयोगमा ल्यायो ? भन्नेबारे हामीले एक सामग्री बनाएका छौँ ।

’
गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भन्ने पनि छ । तर त्यसको आधिकारिक प्रमाण पाइँदैन ।’
‘नेपालमा राणाशासन छँदा कै कुरा हो । भारतमा अङ्ग्रेजहरूको औपनिवेशिक शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरू आपसमा जय हिन्द भनेर सम्बाेधन गर्दथे ।’
‘वीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायत धेरै नेपाली युवाहरू भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणाशासन अन्त्य गर्न सकिँदैन भन्ने उनीहरूको बुझाइ थियो ।’
‘भारत स्वतन्त्र हुने झन्डै–झन्डै तय भएपछि नेपालमा राजनीतिक दलहरू खुल्न थाले । नेपाली कांग्रेसका नेताहरूबीच जय नेपाल भनेर सम्बाेधन गर्ने चलन त्यही बेला सुरु भएको हो ।’
‘त्यो बेलासम्म नेपाललाई गोर्खा भनिन्थ्यो । काठमाण्डाैलाई मात्र नेपाल भन्ने चलन थियो । पछिसम्म पनि त्यो चलन रह्यो । हामीभन्दा अघिको पुस्ताले काठमाण्डाैलाई नेपाल नै भनेको सुनेका हौँ
