नवजीवन अस्पतालमा उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि भएको बिवाद सृजना साम्य भएको छ । मंगलबार अस्पताल प्रशासन र मृतकका आफन्त बिच सहमती भएपछि आफन्तले अस्पतालबाट शव लगेका छन् ।

अस्पतालले क्षतिपूर्ति दिने, शिशुको भरणपोषण गर्ने र मृतकको नाममा प्रतिष्ठान स्थापना गर्न सहमत भएपछि शव उठाइएको मृतक कल्पनाका देवर दीपेन्द्र मल्लले जानकारी दिए । माग पुरा गर्ने सहमति भएपछि अस्पतालबाट शव बुझेर लगेका मल्ले जानकारी दिए । मृतकलाई मंगलबार नै धनगढी स्थित बडहरामा अन्त्यष्टी गरिएको छ ।
आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उपचारका क्रममा उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो ।उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि रक्तस्राव भएको अस्पतालले जनाएको थियो । तर आफन्तले दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका थिए ।
