बैतडीे – गृह मन्त्रालयले दार्चुलाको नयाँ सीडिओमा किरण जोशीलाई पठाएको छ । जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ बन्न सफल भएकी हुन् । गृह मन्त्रालयले हिजो ९बिहीबार ० गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुला सरुवा गरेर पठाएको हो ।
आफू जन्मेकै प्रदेशमा बसेर देश र जनताको सेवा गर्ने अवसर पाएकोमा उहाँले खुशी लागेको बतइन् । जोशी सुदूरपश्चिम बाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्नुभएको पहिलो महिला हुन् । बैतडीमा जन्मीएकी जोशी यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गरेकी थिन् ।
उनले लोकसेवासम्बन्धी पुस्तकसमेत लेखेकी छन् । हालसम्म खरिदार, उपसचिव र सहसचिव स्तरको लोकसेवा तयारीका पुस्तक लेखेको उनले बताईन । निजामती सेवामै रहेकी उनका श्रीमान सिद्धराज जोशीसँगको सहकार्यमा पुस्तक लेखेकी हुन् । सिद्धराज जोशी यसअघि बैतडी, दार्चुलाको प्रमुख जिल्ला अधिकारी थिए ।